नागरिक लगानी कोषद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा असार ३१ गते काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे डाकेको हो ।

सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स