काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।