काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले चुक्तापुँजीको १ः०.६०२४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
उक्त सेयरमा साउन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।