यस्तो छ आज विदेशी मुद्राहरूको विनिमयदर

काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य यथावत रहँदा अन्य विदेशी मुद्राहरुको भाउ भने बढेको छ ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ । अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ ।

राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २४ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो ।

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५७ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३८ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स