मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर, अन्तशुल्क स्टीकर छपाईमा प्रपञ्च भएको आरोप

काठमाडौं । मुख्यसचिव विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध मुद्धा दायर गरेको हो ।

मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको नेपालमा यो पहिलो पटक हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध मुद्दा दायर गरेको हो ।

दायर भएको मुद्धामा अन्तशुल्क स्टीकर छपाई गर्न अनुचित हिसाबले रकम विनियोजन गरेको भन्दै सचिव विरुद्ध मुद्दा दायर भएको आरोप लगाएको छ ।

मदिरा, चुरोट र वियरको बोतलमा टाँस्ने अन्तशुल्क स्टीकर छपाईमा लागत मूल्य भन्दा धेरै मूल्य बनाएर खर्च गर्ने प्रपञ्च गरिएको भन्दै आयोगले मुद्दा दायर गरेको उल्लखे गरेको हो ।

मुद्दा दायरसँगै मुख्य सचिव आर्याल निलम्बनमा गरेका छन् ।
उनलाई थप मुद्दा समेत लगाउने तयारी रहेको छ ।

टेरामस्क खरिद प्रकृयामा भ्रष्टाचार भएको आरोप छ । यस्तै, वाणिज्य सचिव रहँदा सुपारी केराउ र मरिचको कोटा प्रणाली लगाएर कमिसन खाएको समेत आरोप छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स