काठमाडौं । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।