आर्थिक वर्षको अन्तिम महिना सुरु हुँदा दैनिक राजस्व २ अर्ब माथि

काठमाडौं । आर्थिक वर्ष २०८०\८१ को अन्तिम महिनाको पहिलो हप्ताको तथ्याङ्क अनुसार दैनिक राजस्व २ अर्ब रुपैयाँ भन्दा माथि संकलन भैरहेको देखिन्छ । बिदाको दिनभन्दा बाहेकका दिनमा २ अर्ब वा सो भन्दा माथि संकलन भैरहेको पाइएको हो ।

चालू आर्थिक वर्षको राजस्व संकलन १० खर्ब हाराहारी हुने देखिएको छ ।
चालू आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ संकलन हुने भनिएपछि अहिलेसम्म ९ खर्ब २५ अर्ब रुपैयाँ संकलन भएको छ ।

लक्ष्य भन्दा निकै कम छ । फागुनमा भएको मध्यावधी समीक्षा माफर्त् घटाइएको लक्ष्य भन्दा कमजोर राजस्व संकलन हुने देखिएको छ ।

असार महिना सुरु भएपछि २ अर्ब भन्दा माथि मात्रै राजस्व संकलन भएको छ । जुन अन्य सयमकै हाराहारीको हो । चैत मसान्त, पुस मसान्त बाहेकको समयमा पनि यहि हाराहरीमै राजस्व संकलन हुन्थ्यो ।

असार १ गते २ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । २ गते शनिवार थियो । उक्त दिन ९ करोड रुपैयाँ संकलन भएको छ । ३ गते २ अर्ब ३८ करोड रुपैयाँ संकलन भयो । ४ गते पनि ईदको बिदा थियो । उक्त दिन १५ करोड रुपैयाँ संकलन भयो ।
५ गते २ अर्ब ५ करोड रुपैयाँ संकलन भएको र ६ गते १ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

चालू आर्थिक वर्षमा राजस्व संकलन कमजोर हुने देखिएपछि आज अर्थमन्त्रीले कर कार्यालय तथा विभागका प्रमुखहरुसँग भेटघाट समेत गरेका छन् ।

उनले फकाएर कर उठाउन निर्देशन दिएका छन् । उनले भेटमा भनेका छन्, ‘कडाई गर्नुपर्ने ठाउँमा कडाई र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ’, उनले भने, ‘राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नु् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रुपमा प्रस्तुत हुनुपर्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स