कुमारी बैंकको ग्राहकलाई फिल्लीमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थट्टी–नाइन बिजनेश ग्रुप प्रा.लि. (फिल्ली) काठमाडौंबीच कुमारी बैंकका ग्राहकहरुलाई फिल्ली बाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले फिल्लीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धि स्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न गर्नेछन् ।

यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई बलियो पार्न सहयोग गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स