काठमाडौं । बिहीबार, नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ अंक विन्दुमा आइपुगेको छ ।
आज ८६ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कालिका लघुवित्तको ७.७१%, वाराही हाइड्रोपावरको ६.६१5, सनराइज ब्लु चिप फण्डको ५.९३%, गुडविल फाइनान्सको ५.४६%, ग्रीन भेन्चरको ५.०९%, नेपाल फाइनान्सको ५%, समृद्वि फाइनान्सको ४.७०%, कुमारी इक्विटी फण्डको ४.४६%, सामुदायिक लघुवित्तको ४.४५ प्रतिशतले सेयर मूल्य बढेको छ ।