साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ९ हजार कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आईएमई लघुवित्तको ८ करोड ९९ लाख, सीईडीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स