सिलिड्ढस्को नयाँ लोगो सार्बजनिक

काठमाडौं । सिलिड्ढस् ट्राभल्स एण्ड टुर्स प्रालि आगामी वर्ष आफ्नो १५ औं वार्षिकोत्सब मनाउँदैछ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्नेगरी स्थापना गरिएको सिलिड्ढस्ले आफ्नो १५ वर्षे यात्रा सफल रहेको छ ।

आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिड्ढस्ले वभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ ।

डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिड्ढस्ले कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो । नेपालीहरुको माहन् चाढ दिपावलीको संघारमा नयाँ लोगो सार्बजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने  कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै सिलिड्ढस् टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गए ।

सिलिड्ढस्को निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिड्ढस्को नाम भित्रको मर्म मात्र नभएर ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्छ । कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिड्ढस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई प्राथमिक लक्ष्य बनाएको छ ।

‘सिलिड्ढस्को नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ,’ सिलिड्ढस्कि कार्यकारी निर्देशक पावना श्रेष्ठ भने, ‘यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो । यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।’

सिलिड्ढस्ले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स