सरकार र पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति, आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी शुरु

काठमाडौं । सरकार र पेट्रोलियम ढुवानी व्यवसायी बीच सहमति जुटेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगम र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीच भएको छलफलमा सहमति जुटेको हो ।

छलफलमा सहमति जुटेसँगै चालकले आजबाटै डिजेल, पेट्रोल ढुवानी शुरु गर्ने भएका छन् ।

योसँगै अब पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको थियो।

योसँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स