यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स