मिटरब्याज पीडित सम्पर्कमा आउन चाहेनन्, आयोगले थप्यो म्याद

काठमाडौं । मिटरब्याज पीडितहरुले न्याय चाहियो भन्दै अन्दोलन नै गरे पछि सरकारले आयोग गठन गरेर छानबिनको काम सुरु गरेको छ । तर गुनासो आए जसरी पीडितहरु सम्पर्कमा आउन नसकेको आयोगले जनाएको छ ।

अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धी जाँचबुँझ आयोग गठन भई काम अघि बढाएको छ । आयोगले पीडितलाई सम्पर्कमा आउनको लागि आग्रह गरेको छ । सम्पर्कमा आएर आयोगले तयार गरेको विवरण भर्न आग्रह गरेको छ ।

तर अहिलेसम्म धेरै मान्छेहरु सम्पर्कमा नआएको आयोगले बताएको छ । आयोगका अनुसार पुन १५ दिनको म्याद थप गरिएर सम्पर्कमा आउन भनिएको छ । विगतमा पीडितको नामा जति जना आन्दोलनमा आएको देखिएको छ ।

त्यसको धेरै नै न्यून मान्छे मात्रै सम्पर्क हुन आएकोले आज अर्थात् शुक्रबार १५ दिनको म्याद थप गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स