युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । संचालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको गत २७ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट सिलवाल संचालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ ।

सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ ।

आजै बसेको संचालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स