मेड इन नेपाल हुण्डाई भेन्यूको बिक्री वितरण सुरु, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि हुण्डाई मोटर कम्पनी को आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुण्डाई भेन्यू को व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुण्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

प्रथम चरणमा हुण्डाई भेन्यू का दुई भेरियन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरियन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको छ । यसै आर्थिक वर्षभित्र हुण्डाई ग्रायड आई १० एनआईओएस का साथै अल न्यू हुण्डाई क्रेटा को उत्पादन पनि सुरु हुने जनाएको छ ।

हाल बिक्री वितरण सुरु भएको हुण्डाई भेन्यू को मूल्य निम्न अनुसार रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स