काठमाडौंमा हालसम्मकै गर्मी, यसकारण पर्न सकेन पानी

काठमाडौं । काठमाडौंमा हालसम्मकै गर्मी भैरहेको छ । केहि दिन यता ३४ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको छ ।
आज बिहिबार पनि ३४ दशमलव ३ सेल्सियससम्म पुगेको हो । यो बिराटनगरको भन्दा भन्दा पनि बढि हो । बिराटनगरको आज अधिकतम तापक्रम ३१ दशमलव ९ डिग्री सेल्सियल कायम भएको छ ।

काठमाडौंमा अझै पानी पर्न सकको छैन । यसरी पानी पर्न नसक्नुमा पश्चिमी वायु, स्थानिय वायू र भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव समेत रहेको छ । जसकारण पूर्वबाट भित्रिएको मनसुन फैलन समय लागिरहेको छ ।

सबै किसिमको वायुको समिश्रणका बावजुत कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

कोशी, मधेश, बागमती तथा गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

 

आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र गण्डकी प्रदेश सहित बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स