अर्थमन्त्री पुनले परिवर्तन गरे टिम, टोकराज पाण्डे जिम्मेवारी विहीन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको टिम हेरफेर गरेका छन् । मन्त्री पुनले सहसचिव र उपसचिवको जिम्मेवारी परिवर्तन गरेका हुन् ।

प्रशासन महाशाखा प्रमुख टोकराज पाण्डेलाई जिम्मेवारी विहीन बनाएका छन् । उनको ठाउँमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिइएको हो । सापकोटा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका थिए ।

त्यस्तै उपसचिवहरुलाई समेत परिवर्तन गरिएको छ । मन्त्री पुनको निजी सचिव रहेका भूपाल शाक्यलाई विराटनगर कर कार्यालय पठाइएको छ ।

विरगंज सुख्खा बन्दरगाहा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीलाई केन्द्रमा तानिएको छ । उनको स्थानमा धनबहादुर बरुवाल पठाइएको छ ।

मैनालीले ग्यास लाइटर , पोस्ता दाना , सुपारी जस्ता आयतमा भूमिका खेलेको आरोप लागेको  थियो । तर उनले भन्सार यार्डमा आएर रोकिएको केहि केराउ, पोस्ता दाना र सुपारीलाई लिलामीको प्रक्रियामा अघि बढाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स