तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४२ लाख ९४ हजार कित्ता सेयर ६ अर्ब ४४ करोड ३० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समृद्वि फाइनान्स, कुथेली बुखेरी स्मल हाइड्रोपावरमा १०% र साधना लघुवित्तमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सप्तकोशी डेभलपमेन्टको ९.८२%, वाराही हाइड्रोपावरको ९.७४%, मनकामना स्मार्ट लघुवित्तको ९.२७%, गुडवील फाइनान्सको ८.८४%, वरुण हाइड्रोपावरको ८.४४%, सनराइज फष्र्ट म्यूचल फण्डको ५.९७%, राधि विद्युतको ४.३३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स