एजेन्सी । टी–२० विश्वकपमा न्यूजिल्याण्ड विजयी भएको छ । सुपर १२ अन्तर्गत समूह २ मा अफगानिस्तानलाई आज (आइतबार) न्यूजिल्याण्डले ८ विकेटले पराजित गरेको छ । यो जितसँगै न्यूजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ भने भारतको यात्रा भने सकिएको छ ।
न्यूजिल्याण्डले ५ खेलमा ४ जित निकालेको हो ।
यस अघि लगातार ४ खेल जित्दै पाकिस्तान यसै समूहबाट अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
न्यूजिल्याण्डको जितसँगै ४ खेलमा २ खेलमात्र जित्न सकेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।
भारतले सुपर १२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्नेछ ।
समूह १ बाट भने इंग्ल्याण्ड र अष्ट्रेलिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
आजको खेलमा न्यूजिल्याण्डले १ सय २५ रनको लक्ष्य १८ दशमलब एक ओभरमा कवेल दुई विकेट गुमाएर पुरा गर्यो ।
न्यूजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे ।
डेभोन कोनवेले ३६ रन तथा मार्टिन गुप्टिलले २८ रनको योगदान गरे ।
अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान १÷१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।
अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे । उनले ४८ बलको सामना गर्दा ६ चौका र ३ छक्का प्रहार गरे ।
न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट हात पारे ।
त्यसैगरी टिम साउथी २ विकेट िलए ।
एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान १÷१ विकेट विकेट लिए ।