चुक्ता पुँजी पुर्‍याउन बीमा कम्पनी जाँदैछन् आईपीओ र हकप्रदको बाटोमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्‍याउनको लागि बीमा कम्पनीहरु आईपीओ र हकप्रद सेयर जारी गर्ने बाटोमा जाँदै छन् । थप सेयर जारी गर्न चुक्ता पुँजी नपुग्ने सबै बीमा कम्पनीले आवेदनको प्रक्रिया अपनाएका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब पुँजी पुर्याउने प्रावधान गरेको छ ।

नेपाल बीमा प्राधिकरणले २६ महिना अघि बीमा कम्पनीहरूको पुँजी बढाउने योजना अघि सार्यो ।
१ वर्षको समयावधि दिएर अघि सारिएको उक्त योजना २६ महिना बित्दा समेत धेरै बीमक कम्पनीले प्राधिकरणले निर्देशन गरेको पुँजी पुर्याउन सकेका छैनन् ।

केहि कम्पनीले पुँजी पुर्याए पनि अधिकांश बीमा कम्पनीले पुँजी पुर्याउनको लागि कि त हकप्रदको सहरा लिएका छन् कि बोनस सेयर त कि प्रिमियम मूल्यमा आईपीओ निष्काशन ।

बीमा कम्पनीहरूले पुँजी पुर्याउनको लागि जे जस्तो उपाय अपनाए पनि २०७८ चैतमा भएको निर्देशन बमोजिम अहिलेसम्म पुँजी पुर्याउन सकेका छैनन् ।

प्राधिकरणको निर्देशनयता ३ वटा जीवन बीमा कम्पनीको मात्रै चुक्ता पुँजी पुगेको छ ।
पुँजी पुर्याउन नसक्ने कम्पनीहरूले हकप्रद, बोनस तथा प्रिमियम मूल्यमा आईपीओ जारी गरेर निर्देशित पुँजी पुर्याउने योजना अघि सारेका छन् ।

धेरै जसो कम्पनीले हकप्रदको लागि प्राधिकरणबाट स्वीकृत समेत लिइसकेका छन् ।
नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी पुगेको छ ।

पुँजी नपुर्याउने कम्पनीहरूमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति प्राधिकरणबाट पाइसकेको छ । कम्पनीले धितोपत्र बोर्डको सहमति पर्खिरहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले पुँजी वृद्धि योजनालाई मिट गर्ने गरी हकप्रद जारी गर्न अनुमति लिएको हो ।
एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद जारी गरेर पुँजी पुर्याउने योजना बनाएको छ ।

हालसम्म कम्पनीको चुुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले ८८ प्रतिशत हकप्रद सेयर को प्रक्रिया अघि बढाएको छ । यस कम्पनीको हालको चुक्ता पुँजी२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै गरि सन नेपाल लाईफ इन्स्योरेन्सले २६ प्रतिशत हकप्रद सेयरको प्रक्रिया अघि बढाएको छ ।
यस बीमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रभुमहालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १७ प्रतित हकप्रद सेयरको बाटो अघि बढाएको छ ।

यस कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । सूर्याज्योति लाईफ इन्स्योरेन्सले भने बोनस सेयरबाट नै चुक्ता पुँजि बढाउने योजना अघि सारेको हो । यस कमपनीको हालको पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै गरि धेरै निर्जीवन बीमा कम्पनीहरुको पनि चुक्ता पुँजी कम रहेको छ । निर्जीवन बीमा कम्पनीले पनि प्रिमियम दरमा आईपीओ जारी गर्नेदेखि हकप्रद सेयर जारी गर्ने सम्मको योजना पेश गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स