१५ प्रतिशत हकप्रद पारित गर्न युनाइटेड अजोड इन्स्योरेन्सको आज विशेष साधारण सभा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

सो सेयर निष्कासन प्रस्ताव पारित गर्न यस कम्पनीको विशेष साधारण सभा आज बिहीबार जेठ ३१ गते बस्दैछ । कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा विहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि यसले जेठ २५ गते बुक क्लोज गरिसकेको छ । जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स