काठमाडौं । हात्तिवनमा बस्ने सुनिता लुईँटेलको श्रीमान् बिरामी छन् । करिव एक वर्षदेखि ‘ब्रेन स्ट्रोक’ जस्तो घातक रोगले थलिएका छन् ।
परिवारमा श्रीमान् र श्रीमती मात्रै । सबै कमाउने घर धान्ने नै श्रीमान् थिए ।
श्रीमान् भक्त राउत यसरी थलिएपछि सुनिता छटपटिइन् । श्रीमान् घातक रोग लागेर ढलेपछि उनमा धेरै छटपटी र पीडा त हुने नै भयो । उनलाई दुई खालको समस्या पनि पर्यो ।
घर खर्च धान्ने नै कसरी भन्ने भयो । त्यसका साथै उपचार कसरी गर्ने भन्ने पनि भयो ।
यो घातक रोगको उपचार पनि एक पटक गरेर नहुने निरन्तर जारी राख्नुपर्ने । औषधि खुवाइ राख्नुपर्ने साथै चेकजाँच पनि गराइराख्नुपर्ने ।
आर्थिक अवस्था पनि कमजोर रहेकोले उनमा समस्या बढ्दै नै थियो । श्रीमान्ले कमाउँदाको बखतमा भने उनीहरुको बचत गर्ने नबिल बैंक लिमिटेड थियो । बैंकमा जति बचत थियो । त्यसले उपचार समेत पुग्ने अवस्था थिएन ।
तर उनीहरुको राहतको रुपमा देखा पर्यो नबिल बैंकको ‘घातक रोग बीमा बचत योजना’ । नबिल बैंकमा खाता रहेकै आधारमा उनीहरूले ३ लाख रुपैयाँ पाए । यसले उपचार गराउन निकै नै मद्दत पुगेको सुनिता सुनाउँछिन् ।
करिव ६ वर्ष अघिदेखि नबिल बैंकले एक विशेष योजना जारी राखेको छ । नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई सन् २०१८ नोभेम्बरदेखि निरन्तता दिँदै आएको छ । यसले नबिल बैंकमा न्यूनतम रकम निरन्तर बचतमा राख्यो भने घातक रोग लाग्नेहरुले उपचार खर्च पाउँछन् ।
त्यो नै सुनिताको लागि निकै राहत भएर आइदियो । सुनिता भन्छिन्, ‘आफ्नो त घरमा कमाउने अरु कोहि पनि छैनन् तर नबिल बैंकबाट पाएको यो सुविधाले आफ्नो लागि निकै राहत भयो । ’
अल्का अस्पतालमा उपचार भइरहेको भक्त राउतले उपचार खर्च बापतकै लागि सो रकम पाइन् । सुरुमा यसरी पैसा पाइन्छ भनेर थाहा पनि थिएन । साथै यो योजनामा कसरी पैसा लिने भन्दै उनी अन्योल त भइन् तर पछि पैसा आएपछि उनलाई निकै राम्रो लाग्यो ।
बैंक खाता हुँदैमा यसरी पैसा पाएकोमा उनी पीडामै भएपनि आफूलाई खुशी मिलेको बताउँछिन् । उनी भन्छिन् ,‘यसरी जो केहिले जता पनि खाता खोलेको हुनसक्छन्, तर नबिल बैंकले प्रदान गरेको यो सुविधाको भने सरहाना नै गर्नुपर्ने देखिन्छ ।’
नबिल बैक लिमिटेड नेपाली बैंकहरूको उम्दा नाम हो । यो बैंकको चर्चा र यसको कामको विगतदेखि अहिलेसम्म पनि फरक शैलीबाट हेरिदै आएको छ । सुरुमा कर्पोरेट सेक्टरलाई बढि फोकस गर्ने यस बैंकले अहिले रिटेलदेखि अन्य क्षेत्रमा समेत आफ्नो विविधता देखाएको छ ।
साथमा बैंकले आफ्ना ऋणी हुन् वा बचतकर्ता दुबै ग्राकहरूको हितमा हुने काममा पनि अग्रभागमा छ । त्यसै सिलसिलमा यस बैंकले त्याएको एक योजना बचतमा बीमा योजना हो । सन् २०१८ नोभेम्बरमा नबिल बैंकले ल्याएको आफ्ना बचतकर्ताहरूलाई बचाउने योजनाको बारेमा नेपालको बैंकिङ क्षेत्र नै बहसमा गएको थियो । त्यसो त नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
यो बीमा मेटलाईफ इन्स्योरेन्सको सहकार्यमा नबिल बैंकले काम गर्दै आएको छ । यसको दुई वटा महत्पवूर्ण विशेषता रहेको छ ।
पहिलो कुरा त बीमा भन्ने बित्तिकै उपचार गराइसकेपनि बिल पेश गरेपछि पाउने सुविधा भन्ने बुझाइ छ । तर, नबिल बैंकले भने उपचारकै क्रममा रहेकालाई सो सुविधा प्रदान गर्ने गर्छ । दोस्रो भनेको अन्य बीमा सुविधा पाउनेले पनि नबिल बचतको सुविधा पाउँछ । यसले गर्दा नबिलको यो सुविधा पाउनेमा ग्राहकहरू ढुक्क हुनुपर्ने अवस्था छ ।
तर, नबिल बैंकले यसको लागि केहि दायरा भने तोकिदिएको छ । यस्तो सुविधा पाउनेको लागि १६ वर्षदेखि माथि उमेरको र ६४ वर्ष भन्दा कम उमेरको रहुनपर्ने छ । त्यस्तै गरि बचत खातामा न्यूनतम ५० हजार रुपैयाँ राख्नुपर्ने हुन्छ । जुनसुकै अस्पतालमा उपचार गराएपछि आफ्नो तर्फको सेवा उपलब्ध गराउने गरेको छ ।
यसबाट लाभ पाउनेहरू पनि निकै बढिरहेको नबिल बैंकले जनाएको छ । बैंकका अनुसार वार्षिक १ करोड ५० लाख रुपैयाँ त यसको लागि नै खर्च गर्दै आएको नबिल बैंकले जानकारी दिएको हो । नबिल बैंकको यो योजनामार्फत घातक रोगीले उपचारका लागि ३ लाख ७५ हजार रुपैयाँसम्म सुविधा पाउनेछन् ।
नबिल बैंक भन्छ,‘बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो। यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकहरुलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरूमा यसलाई निरन्तरता दिने योजना छ ।’
कस्ता रोगीले कसरी पाउँछन् ?
यो सुविधा पाउन बचत खातामा न्यूनतम बचत अनिवार्य हुनुपर्ने र खातावालाको तोकिएको उमेर समूह रहेको खण्डमा बैंकले यो सुविधा उपलब्ध गराउँछ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्ने छ ।
१३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने छ । नबिल बैंकले यो योजनाअन्तर्गतको सुविधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ ।