नेपाल बैंक र जलजला बहुमुखी क्याम्पसबीच कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बैंक लिमिटेड र रोल्पास्थित जलजला बहुमुखी क्याम्पसबीच क्याम्पसमा अध्यापनरत स्थायी प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई बैंकको सेवाग्राही कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकको रोल्पा शाखामा एक समारोह बीच जेठ २८ गते उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल बैंकको तर्फबाट बैंकको लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शुसिल कुमार नेपाल र क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्याम्पस प्रमुख खिम बहादुर खड्का क्षेत्रीले नेपाल बैंकले प्रदान गर्दै आईरहेको समयसापेक्ष उत्कृष्ट वित्तीय सेवाहरुबाट आफुहरु सन्तुष्ट र उत्साहित रहेको बताए ।

बैंकको तर्फबाट प्रदेश प्रमुख शुसिल कुमार नेपालले क्याम्पसले आफ्नो वित्तीय कारोबारहरु बैंकको डिजिटल बैंकिंङ मार्फत् सञ्चालन गर्न अनुरोध गर्दै क्याम्पस परिवारसँग वित्तीय सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । साथै निजले आगामी दिनमा क्याम्पस र बैंकबीचको सम्बन्ध अनन्तकालसम्म रहने विश्वास व्यक्त गर्नुहुदै बैंकले क्याम्पस परिवारका साथै ग्राहकवर्गहरुलाई समयसापेक्ष बैंकिंङ सेवा सुबिधाहरु थप प्रभाबकारी बनाउनका निमित्त बैंक निरन्तर लागिपरेको जानकारी समेत गराए ।

उक्त कार्यक्रममा बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका उप प्रबन्धक कुलराज घिमिरे, बैंकको रोल्पा शाखाका शाखा प्रबन्धक बिष्णु पाण्डे, क्याम्पस उप.प्रा.संयोजक श्याम बुढा मगर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स