नेप्से ३३ अंकले बढ्दा पाँच कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २६ लाख ६५ हजार कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वरुण हाइड्रोपावर, ग्रीन भेनचर, कुथेली बुखेरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावरको १०% र उपर हेवा खोला हाइड्रोपावरमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

एनआरएनको ९.०८%, मल्टी पर्पोस फाइनान्सको ८.०९%, मनकामना स्मार्ट लघुवित्तको ७.५४%, कालिका पावरको ७.०४%, मिथिला लघुवित्तको ७.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स