कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक सेयरधनीहरूका नाममा रहेको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा पुग्ने गरी असार ४ गते अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स