काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भई आज फर्केका छन् ।
उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएर आएको बताएका छन् ।
नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनको विषयमा कुरा भएको बताए ।
सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको प्रधानमन्त्री प्रच्णले बताए ।
उनले भने, ‘मैले मोदीजीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु । उनले उपयुक्त समयमा भ्रमण गर्ने बताएका छन् ।’
यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास उनले बताए ।
त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको गरेको दावी गरे ।