काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा झण्डै १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
रेमिट्यान्स ( विप्रेषण आप्रवाह) गत वर्षको तुलनामा १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ ।
१० महिना अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ ।