स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि ३०० सम्मको क्यासव्याक

काठमाडौं । SCT द्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २०% देखि ३ सय सम्म क्यासव्याकको ब्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाउन सकिने छ ।

यो अफर दीपावलीको सुखद्अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट QR नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट QR मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् ।

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स