काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ ।
एसिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो । सो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि ६ सय २० मा पर्न समेत सफल भएको छ ।
एसिया प्यासिफिक विश्वविद्यालयले मलेसियामा यसअघि पाँचतारे प्लसको अंक प्राप्त गरिसकेको छ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो लर्डबुद्ध एजुकेशन फाउण्डेशनले मलेसियाको सो विश्वविद्यालयसँग शैक्षिक क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेको छ ।
लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष पंकज जालानले बताए ।
एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्ययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औं नम्बरमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ ।
स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले शिक्षासँगै रोजगारी उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अंगीकार गरेर रोजगार युक्त शिक्षा उपलब्ध गराएको छ ।