नेपाल लाइफ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । नेपाल लाइफ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १ः०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।

उक्त सेयरमा जेठ २५ गतेसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

इच्छुकले असार ११ गतेदेखि असार २५ गतेसम्म कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पेश गर्ने सक्नेछन् ।

तोकिएको समयभित्र आवेदन नपरेको खण्डमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स