यी हुन् अर्थमन्त्री पुनले भ्याट लाग्ने वस्तुको सूचीबाट हटाएका र थप गरेका वस्तुहरू

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ र २ लाई संशोधन गरी नयाँ व्यवस्था लागू गरेका छन् ।

अर्थमन्त्री पुनले आर्थिक विधेयक २०८१ मार्फत केही वस्तु तथा सेवाको सूची मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीबाट हटाएको छ भने केहि थप गरिएको छ ।

ऐनले आधारभूत आवश्यकताका वस्तुहरू तथा कृषि उत्पादनहरू, जीवजन्तु तथा सोको उपज, कृषि सामग्रीहरू, औषधी उपचार यस्तै स्वास्थ्य सेवाहरूमा मूल्य अधिवृद्धि कर लाग्नेको सूची हटाएको छ ।

विधेयकले केबुलकार तथा हवाइ जहाज बाहेक यात्रुबाहक यातायात तथा ढुवानी सेवामा प्रयोग हुने सवारी साधनलाई पनि भ्याटको सूचीबाट हटाएको छ । साथै महिलाले प्रयोग गर्ने सुतीको साडी, लुङ्गीलगायतका वस्तु सूचीबाट हटाइएको छ ।

आर्थिक विधेयकले मूल्य अभिवृद्धि करको अनुसूची–१ बाट वस्तुको सूची हटाएकोमात्रै छैन केहि वस्तुको सूची थप पनि गरेको छ ।

आर्थिक विधेयकअन्तर्गतको वस्तु तथा सेवाहरूको सूचीको दफा ५ को उपदफा ३ सँग सम्बन्धित आधारभूत कृषि उत्पादनहरू, जीवजन्तु तथा सोको उपज थप गरिएको छ ।

त्यसरी नै मूल्य अभिवृद्धि कर ऐनको अनुसूची–२ लाई संशोधन गरी शुन्य दर कर लाग्ने वस्तु तथा सेवाअन्र्तगत अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाइएका स्कूटर, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सिफारिसमा विद्युतीय सवारीमा प्रयोग हुने स्वदेशी उद्योगबाट उत्पादन भएका डिप साइकल लिड एसिड ब्याष्ट्री शुन्य भ्याट लाग्ने वस्तुको सूचीमा थप गरेको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/06/vat-nalagne-suchi.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स