नेपालमा लगानी गर्ने यी बहुराष्ट्रिय कम्पनी कसले कति लगिरहेका छन् लाभांश ?

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताहरूले विभिन्न कम्पनीहरूमा लगानी गरेका छन् ।  चर्चित बहुराष्ट्रिय कम्पनीहरु पनि नेपालमा छन् ।

लगानी गरेका बहुरष्ट्रिय कम्पनीहरुको आम्दानी सकरात्मक रहेको विवरणले देखाउँछ । विदेशमा आफ्नो लगानीको लाभांश रकम लागेको आधारमा हेर्दा राम्रो आम्दानी भैरहेको छ ।

नेपालमा लगानी गर्ने विश्व प्रसिद्ध केहि कम्पनीहरुको विवरण सन्तोषजनक अवस्था देखिन्छ ।
हाम्रोअर्थलाई प्राप्त विवरण अनुसार नेपालमा एनसेल आजियाटा लिमिटेडमा विदेशी लगानीकर्ता रोयन्डोज्स होल्डीङसले आर्थिक वर्ष २०७७।७८ मा ३ अर्ब ६५ करोड ४२ लाख रुपैयाँ लाभांश लगेको छ ।

त्यसैगरी सुर्य नेपाल प्राइभेट लिमिटेडमा लगानी गर्ने ब्रिटिश अमेरिकन टोब्याको इन्भेस्टमेन्ट लिमिटेडले र आइटीसी लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७७।७८ मा ५ अर्ब ६७ करोड लाभांश लगेको छ । सोहि दुई कम्पनीले आर्थिक वर्ष २०७८।७९मा भने करिव ६ अर्ब रुपैयाँ लगेको देखिन्छ ।

गोर्खा ब्रुअरी प्राइभेट कम्पनी लिमिटेडको विदेशी लगानी कम्पनी काल्सबेरी साउथ एसिया प्राइभेट सिगापुरले आर्थिक वर्ष २०७६।७७मा १ अर्ब ७२ करोड रुपैयाँ लगेको छ ।

युनिलिभर नेपाल लिमिटेडमा लगानी रहेको हिन्दुस्तान युनिलिभर लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७७। ०७८ मा २ करोड ३९ लाख रुपैयाँ लाभांश लगेको छ । आर्थिक वर्ष २०७८ ।७९ मा ८४ करोड ९७ लाख रुपैयाँ लाभांश लगेको हो ।

वरुण वेभरेज नेपाल प्रालिको विदेशी लगानीकर्ता वरुण वेभरेज लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७७।०७८ मा ४६ करोड १७ लाख रुपैयाँ लाभांश लगेको छ । भने आर्थिक वर्ष २०७८ ०७९ मा ८२ करोड ८ लाख रुपैयाँ नाफा लगेको हो ।

अर्घाखाँची सिमेन्टमा विदेशी कम्पनी उमा सिमेन्ट ग्लोबल प्राइभेट लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७७।७८ मा १२ करोड ८५ लाख रुपैयाँ लाभांश लगेको छ ।

नेपाल डिस्टिलरीज प्रालिमा विदेशी कम्पनी एमसीकेटी होल्डीङ प्रालि सिगापुरले आर्थिक वर्ष २०७७ । ०७८ मा २१ करोड ३७ लाख रुपैयाँ लाभांश लगेको छ । भने सो कम्पनीले आर्थिक वर्ष ०७९ मा २८ करोड ५० लाख रुपैयाँ नाफा लगेको हो ।

हुवाइ टेक्नोलोजी प्रालिमा विदेशी हुवाइ टेक्नोलोजी प्रालि र्कोपुरेटिफ युएस नेदरल्याणडले लगानी गरेर आर्थिक वर्ष २०७८ । ०७९ मा १ अर्ब ३ करोड रुपैयाँ लाभांश लगेको छ ।
यसैगरी बर्जर जेन्सन एन्ड निकोल्सन प्रालिमा बर्जर पेन्टस लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७८ । ०७९ मा ४५ करोड ९४ लाख रुपैयाँ नाफा लगेको हो ।

नेपालमा एसियन पेन्टस लिमिटेड इन्डियाले आर्थिक वर्ष २०७७ ।७८ मा १८ करोड ५४ लाख रुपैयाँ नाफा लगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७८ । ०७९ मा उक्त कम्पनीले नेपालबाट २१ करोड ६४ लाख रुपैयाँ लाभांश लगेको छ ।

वल्डिंङ कम्युनिकेसन प्राइभेट लिमिटेडमा सिडिसि नेपाल अर्पचुनिटिज् लिमिटेड युकेले आर्थिक वर्ष २०७८ ।७९ मा १ करोड ४२ लाख रुपैयाँ लाभांश रकम लगेको पाइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स