नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको साढे ३७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको साढे ३७ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार,नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउण्टेन इनर्जी नेपालको गरि कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा नेशनल लघुवित्तको ७.५ प्रतिशतले हुन आउने कुल ८ लाख १३ हजार १५४.६६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, माउण्टेन इनर्जीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४०.५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स