आईपीओ र हकप्रद निष्कासनलाई अब धमाधम अघि बढाइने

काठमाडौं । आईपीओ र हकप्रद निष्कासनलाई अब धमाधम अघि बढाइने भएको छ ।
धितोपत्र बोर्डको कार्यबाहक अध्यक्ष नरेन्द्र रानाले अबको बोर्ड बैठकबाट आईपीओ, हकप्रद निष्कासनलाई प्रथामिकता दिने बताएका हुन् ।

बोर्डको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष रानाले छिट्टै रोकिएका काम संचालन गर्ने जनाकारी दिएका हुन् ।
उनी २ हप्ता अघि मात्रै बोर्डमा पुगेका थिए ।

बोर्ड बैठक बसेर रोकिएको काम बारे जानकारी लिएको बताउँदै अब काम पुनः सञ्चालन गर्ने कार्यक्रममा बताए ।
अर्थमन्त्रालयले अध्यक्ष पठाएको विषयलाई लिएर कर्मचारीमा देखिएको रुष्टतालाई पनि सम्बोधन गर्दै अध्यक्ष रानाले अध्यक्ष नियुक्तिका काम छिटो गर्न पनि आग्रह गरेका गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स