आर्थिक विधेयकमा विवाद खेप्न परेपछि अर्थमन्त्री सफ्ट कर्नरमा

काठमाडौं । आर्थिक विधेयकमा विवाद खेप्न परेपछि अर्थमन्त्री वर्षमान पुन सफ्ट कर्नरबाट अघि बढेका छन् ।
आगामी आर्थिक वर्षको लागि आएको बजेट कार्यक्रम धेरै विवादमा परेन तर आर्थिक विधेयकको विषयमा भने केहि प्रश्न उठ्यो ।

यसमा पनि उनी सकेसम्म मिलाउने कोशिसमा छन् । अध्ययन अनुसार ल्याइएको र धेरै मर्कामा नपर्ने भन्दै बुझाउनले प्रयासमा पनि छन् ।

विवाद गर्नेहरुलाई पनि उनी निरन्तर भेट गरिरहेका छन् । आर्थिक ऐन संसदले पास गरे पछि पनि संशोधन गर्न सकिने भन्दै उनले आश्वासन दिन थालेका हुन् । त्यस्तैगरि संसदमा समेत उनले सफ्ट धारबाट उत्तर दिइरहेका छन् ।
केहि विषय उनले सच्याइसकेका छन् । गाडी आयतमा कर छुटको विषय झुक्किएर परेको भन्दै सच्याएका हुन् ।

उनले संसदमा बोल्दै मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै लगिएको, सूचना प्रविधिको उपयोगमा वृद्धि, कर प्रणालीमा सुधार एवम् छुट सहुलियत, व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र करदाता शिक्षा एवं सचेतनामूलक कार्यक्रमको माध्यमबाट करको दायरा विस्तार हुने अपेक्षा राखेको बताए ।

सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको जनाकारी दिएका हुन् ।
हाल मदिरा, वियर र वाइनको बजार मूल्य छिमेकी सीमावर्ति बजार भन्दा बढी छ । सीमावर्ती बजार भन्दा बढी राख्दा चोरी पैठारीको संभावना बढ्ने भएकोले सो समेत विचार गरी दरहरु निर्धारण गरिएको छ भने कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर शुरूवात गरिएको उनको भनाई छ ।

करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको हो । गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेको छ ।

आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको गरिएको उनको भनाई छ ।

स्पञ्ज आईरनको भन्सार महशुल दर वृद्धि तथा विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाएको सम्वन्धमा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोे निर्णय अनुसार अर्थ मन्त्रालयलाई प्राप्त निर्देशन समेतलाई आधार लिइएको उनले बताएका छन् ।

साथै फलामको डण्डी उत्पादनमा अन्तःशुल्क लाग्ने व्यवस्था रहेको र सोको कच्चा पदार्थको रूपमा रहेको विलेटको आयातमा अन्तःशुल्क लगाउन उचित समेत नदेखिएको हुँदा विलेट आयातमा लाग्ने अन्तःशुल्क हटाइएको उनले बताए ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स