काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
बिहीबार, नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ अंक विन्दुमा आइपुगेको छ ।
आज ८८ लाख १३ हजार कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सीईडीबी हाइड्रोपावरको १४ करोड ४५ लाख, पोखरा फाइनान्सको १४ करोड १३ लाख, हिमालयन लघुवित्तको १० करोड २६ लाख, सुपर मादी हाइड्रोपावरको ८ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।