उद्योगले अन्य उद्योगसँग करार गर्न सक्ने, अरुको उत्पादनमा आफ्नो ब्राण्ड राख्न पाइने

काठमाडौं । कुनै उत्पादनमूलक उद्योगले अन्य उद्योगसँग करार (कन्ट्रयाक्ट) गरेर वस्तु उत्पादन गर्न सक्ने भएका छन् । अहिले पनि केहि कम्पनीले त्यसको प्रयास भने गरिरहेका छन् ।

जुन विषयलाई भने कानुनी व्यवस्था थिएन । अब भने कानुनी व्यवस्था गरेर नै उद्योगहरुलाई काम गर्न दिइने भएको हो । लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा उद्योगले उद्योगसँग करार गर्न सकिने व्यवस्था ल्याइएको छ ।

उक्त अध्यादेशले औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्दै समान उद्देश्य लिई प्रचलित कानून बमोजिम दर्ता भएका उद्योग, फर्म, कम्पनी, वा प्रतिष्ठानले एक आपसमा करार वा उपकरार गरी वस्तु वा सेवाको उत्पादन गर्न वा गराउन सक्ने छन् भन्ने व्यवस्था गरिदिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले करार सम्बन्धमा नयाँ कार्यविधि समेत बनाइसकेको छ । कार्यविधिमा कुनै एक उद्योगले अन्य उद्योगसँग करार गरेर वस्तु उत्पादन गर्न पाउने छ । अन्य उद्योगसँग करार सम्झौता भएको विषय भने सरकारलाई जानकारी गराउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै गरि वार्षिक रुपमा कति उत्पादन गरिने तथा कुनकुन वस्तुहरु उत्पादन हुने भन्ने समेतको जानकारी गराउनुपर्ने छ ।
अन्य उद्योगले उत्पादन गरेको वस्तु भएपनि उद्योगले आफ्नो ब्राण्ड उल्लेख गर्न पाउने छन् । कार्यविधिलाई औद्योगिक प्रवद्र्धन बोर्डबाट पास गराउने तयारीमा रहेको बुझिएको छ ।

अहिले पनि सूर्य नेपालले आफ्नो सहायक उत्पादन अगरबत्ती अन्य उद्योगबाट खरिद गर्दछ । तर कुन मोडालिटीमा उत्पादन गर्ने भन्ने व्यवस्था नेपालमा अहिलेसम्म थिएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स