काठमाडौं । राष्ट्र बैंकले आज बुधबार विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । बैंकले आज कुबेती दिनार, अमेरिकी डलर, युरो, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको उल्लेख गरेको छ ।
आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा थियो।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो।
बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४३७ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८० पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६७ पैसा थियो।