काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ३५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेरर १८ सय ६० रूपैयाँ कायम भएको छ ।