राष्ट्र बैंकका पूर्व संचालक कर्णलाई अख्तियारले बोलायो, घुस मागेको आरोप

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व संचालक सुवोधकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । राष्ट्र बैंकको संचालक रहँदा उनले व्यवसायीसँग घुस लिएको तथा माग गरेको विषयमा अनुसन्धान गर्न बोलाइएको हो ।

अख्तियारका अनुसार व्यवसायिक घरना सम्बद्ध व्यवसायीसँग घुस मागेको भन्ने व्यहोराको उजुरीको आधारमा उनलाई  बोलाइएको हो ।

हाल शंखमुल बस्ने कर्ण नेकपा माओवादी तथा नेकपा एकिकृत समाजवादीका केहि नेताको नजिकको व्यक्ति मनिन्छन् । उनलाई नेताहरुको पहलमा राष्ट्र बैंकको संचालक बनेका थिए । उनी पेशाले सीए हुन् ।
महालेखापरीक्षकको समेत उनी प्रतिस्पर्धामा थिए । तर उनले नियुक्ति भने पाएनन् ।

कर्णले घुस माग गरेको विषय भने निकै पुरानो हो । २०७६ सालमा चौधरी ग्रुपसँग घुस रकम माग गरेको उनीमाथि आरोप छ ।

चौधरी ग्रुपको लगानी लेखाङ्कन नभएको लगायतको विषय सल्टाइदिने भन्दै उनले घुस माग गरेको आरोप रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स