काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ अंक विन्दुमा आइपुगेको छ ।
आज ८८ लाख २० हजार कित्ता सेयर ४ अर्ब ४० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, पोखरा फाइनान्सको १३ करोड ८६ लाख, ग्रीन भेन्चरको १२ करोड ४० लाख, नेपाल फाइनान्सको १० करोड ७ लाख, हिमालयन लघुवित्तको १० करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।