काठमाडौं । पछिल्लो समय नेपालमा बीमाको पहुँच विस्तार हुँदै गैरहेको छ । बीमा कम्पनीहरुले आफ्नो दायरा फराकिलोे बनाउँदै गएका हुन् ।
जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो कार्यालय संख्या बढाउँदै गैरहेको छ ।
जीवन बीमा र निर्जीवन कम्पनीको गरेर वैशाख महिनासम्म कार्यालय संख्या दुई हजार ९५३ पुगेको छ । १० महिना अवधीमा मात्रै ३८ वटा कार्यालय थप भएको छ । चालू आर्थिक वर्ष सुरु हुँदा २ हजार ९ सय १५ वटा कार्यालय मात्रै रहेको थियो ।
वैशाख महिनासम्मको विवरण अनुसार जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या १ हजार ८ सय ३१ पुगेको छ । भने निर्जीवान बीमा कम्पनीहरूको कार्यालय संख्या १ हजार १ सय २२ पुगेको हो ।
त्यसैगरी बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको जम्मा कर्मचारी संख्या कम्पनीहरूको वैशाख महिनासम्म ११ हजार ६५८ कर्मचारी संख्या छन् । यस अवधिमा जीवन बीमा कम्पनीहरूमा काम गर्ने ५ हजार ८ सय ३८ छ भने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको कर्मचारी संख्या ५ हजार ८ सय २० रहेको देखिन्छ ।
वैशाख महिनासम्म बीमाको दायारामा आएको जनसंख्या प्रतिशत (म्यादी, लघुम्यादि र वैदेशिक जीवन जीवन बीमालेखा सहित ४३.५६ प्रतिशत रहेको छ । वैशाख महिनामा मात्रै बीमाको दायारामा आएको जनसंख्याा (म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेखा बाहेक) १७.२६ प्रतिशत रहेको छ ।
त्यसैगरी यसै अवधिमा बीमाको दायारामा आएको जनिंख्या प्रसतशतमा (म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेखा सहित) ३८.६३ प्रतिशत हो ।