काठमाडौं । नेपालमा धरै प्रयोग हुने एभरेष्ट र एमडीएच मलसा आयत तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । यी दुई ब्राण्डका मसला खान अयोग्य रहेको भन्दै नेपाल सरकारले प्रतिबन्ध लगाएको हो ।
भारतमा उत्पादन हुने यी दुई ब्राण्डको मसलामा इथिलिन अक्साइडको मात्रा धेरै रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विदेशमा समेत यस मसलालाई रोक लगाइएको छ । नेपालमा समेत सो गुनासो आए पछि रोक लगाइएको विभागले जनाएको छ ।