नेपाल व्यवस्थापन संघको आयोजनामा ‘सीईओ कन्फरेन्स’ सम्पन्न

काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा काठमाडौंमा आज जेठ १८ गते शुक्रबार काठमाडौंको सोल्टी होटलमा सीईओ कन्फरेन्स’ सम्पन्न भएको छ । सम्मेलनको उपपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गर्दै विद्यमान विश्व परिवेशमा आर्थिक, सामाजिक एवं वातावरणीय चुनौतीहरू बढ्दै गएको सन्दर्भमा त्यस्ता चुनौतीहरूको समुचित व्यवस्थापन एवं समाधानका लागि व्यवस्थापकहरूको महत्वपूर्ण भूमिका रहेको औंल्याए ।

कोभिड–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

सम्मेलनमा विभिन्न क्षेत्रका २०० भन्दा बढी प्रतिनिधिहरू– प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दाहरू, सामाजिक सुरक्षा तथा जीवनपर्यन्त सिकाइलाई सम्बोधन सरकार र सम्बन्धित सरोकारवालाहरूले समाजलाई लाभान्वित गर्ने सम्बन्धमा कार्यस्थलमा र कामका नयाँ प्रवृत्तिहरूका सम्बन्धमा छलफल भएका छन्।

कार्यस्थलको रूपान्तरणसँगै संस्थाहरू, कर्मचारीहरू र सरकारहरूबीच सहकार्य अत्यावश्यक रहेको भन्दै सम्मेलनका वक्ताहरूले सञ्चार, सहकार्य, कर्मचारीको भलाई, विविधता, समावेशीता र सिकाइको निरन्तरताको प्राथमिकीकरण यी परिवर्तनहरूलाई सफलतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले ‘सीईओ कन्फरेन्स’ आयोजना गरेको हो,’ सम्मेलनमा स्वागत मन्तव्य राख्दैनेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने, ‘कामको भविष्यः परिवर्तित परिदृश्य आत्मसात’ मुख्य विषयवस्तु रहेकोसम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको
भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नुरहेको थियो ।

सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन भएका थिए । सम्मेलनको पहिलो सत्रमा ‘कामको भविष्यका सम्बन्धमा सरकार र निजी क्षेत्रबीच तालमेल’का विषयमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो धारणा राखेका थिए । उक्त सत्रको सहजीकरण नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले गरेका थिए ।

‘डिजिटल रूपान्तरणः नयाँ गन्तव्यतर्फको यात्रा’ का सम्बन्धमा इन्भेष्ट इन्डियाका पूर्व अध्यक्ष दीपक बाग्ला र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाबोर कयुमोभ वक्ताका रूपमा थिए भने उक्त सत्रलाई मस्रिक बैंककी नेपाल प्रतिनिधि हेमा कुमारी अधिकारीले सहजीकरण गरेका थिए ।

सम्मेलनमा स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिब पार्टनर इयान पालिस्टरले विद्यमान अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टताका बाबजुद सफलता प्राप्त गर्ने रणनीतिका सम्बन्धमा विशेष मन्तव्य राखेका थिए भने अन्तिम सत्रमा सफलताका कथामा आधारित ‘शून्यदेखि असीमित सम्भावना’ सम्बन्धमा एम२पी फिनटेकका सह–संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन तथा फ्युज मेसिनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्केले महत्वपूर्ण दृष्टिकोण राखेका थिए भने उक्त सत्रलाई किम्बु टेककी प्रमुख कार्यकारी अधिकृत कार्विका थापाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स