काठमाडौं । स्कुल र कलेजका पाठ्यक्रममा पनि वित्तीय शिक्षाको जानाकारी हुने भएको छ । नेपाल राष्ट्र बैंकले आज वित्तीय शिक्षा समावेशीकरण नीति सार्वजनिक गरेको छ । त्यसमा पाठ्यक्रममा नै वित्तीय शिक्षाको विषय जानाकारी गराउने बताएको हो ।
अहिले बैंक तथा वित्तीय संस्थाले स्कु्ल कलेज र शिक्षाको जागरण नपुगेको ठाँउमा सचेतना अपनाउँदै आएका छन् ।
अब भने राष्ट्र बैंकले नयाँ नीति लिदै वित्तीय शिक्षालाई समयसापेक्ष ढङ्गले विस्तार गर्न आवश्यक रहेको बताएको हो ।
वित्तीय शिक्षाको यसको प्रभावकारिता अभिवृद्धि गर्दै जान विद्यालय र कलेजस्तरको पाठ्यक्रममा बैङ्किङ, वित्त, अर्थशास्त्र, उद्यमशीलता, डिजिटल वित्तीय सेवा, डिजिटल कारोबार जस्ता विषय समावेश जनाएको छ ।
यसबका साथै देशको दूरदराजसम्म बैंक तथा वित्तीय संस्थाको उपस्थितिबाट वित्तीय सेवाको विविधीकरणमार्फत यस्ता सेवालाई व्यापक र सर्वसुलभ बनाउनुका साथै डिजिटल वित्तीय सेवा (प्रविधिमैत्री वित्तीय सेवा) को उपलब्धता, पहुँच र प्रयोगको लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरेर वित्तीय सेवाको समावेशी पहुँचलाई गुणात्मक रूपमा वृद्धि समेत बताएको छ ।
वित्तीय साक्षरता वित्तीय साक्षरताको अभावमा वित्तीय पहुँचबाट वञ्चित तथा सीमित पहुँच पुगेका व्यक्ति, वर्ग, समुदाय र क्षेत्रलाई लक्षित गरेर वित्तीय शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
जनचेतनामूलक सामग्रीहरू जस्तैः पुस्तक, डिजिटल ब्यानर, श्रव्यदृश्य सामग्री आदि निर्माण गरी रेडियो, टेलिभिजन, वेवसाइट तथा सामाजिक सञ्जालजस्ता उपयुक्त माध्यमबाट प्रसारण गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने समेत उल्लेख छ ।