काठमाडौं । केहि वस्तुमा अग्रिम आयकरको दायरा बढाइएको छ । आगामी आर्थिक वर्षको बजेट माफर्त खाद्य वस्तुहरुमा अग्रिम आयकरको व्यवस्था गरिएको हो । दैनिक उपभोग्य वस्तुहरु दाल र गेडागुडीमा अग्रिम आयकरको व्यवस्था गरिएको हो ।
यस अघि नै १० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा यो वर्षदेखि भने अग्रिम आयकरको व्यवस्था गरिएको छ । यसले चोरी पैठारी बढाउने विश्लेषण भएको छ । नेपाल चामल तेल तथा दाल उद्योग संघले विज्ञप्ती नै जारी गरि उद्योग संचालन गर्न नसकिने बताइसकको छ ।
संघले कच्च दाल आयतमा १० प्रतिशत अग्रिम आयकर थपिदा स्वदेशी उद्योगले सेवा दिन नसक्ने जानाएको छ । हाल मिलको कच्चा दाल र गेगागुडी आयत १० प्रतिशत भन्सार लागि रहेको अवस्थामा अब अग्रिम रुपमा आयक र तिर्नुपर्दा बजारमा दालको मूल्य बढ्ने सम्मको चेतावनी दिएको हो ।
त्यस्तै व्यवसायी तथा उद्योग ओम प्रकाश मोर भने सरकारले अन्धाधुन्द कर पसिरवर्तन गरेको बताउँछन् । उनी भन्छन् , ‘गेडागुडी आयत गरेर तयसलाई प्रसोधन गरी बजार बढाउँदा १० प्रतिशत नाफा समेत कमाउन नसकिने अवस्था छ ।’
नाफा नै ज्यादै न्यून रहेको वस्तुमा १० प्रतिशतको अग्रिम आयकर थपिनुले उद्योगीहरु मारमा परहेको उनको भनाई छ ।
आर्थिक ऐन सरकारले नै परिवर्तन गर्न सक्ने भएकोले यस व्यवस्थालाई परिवर्तन गर्न समेत माग भएको हो ।
तर अर्थमन्त्री वर्षमान पुन भने यस वर्षको कर नीति निकै विश्लेषण गरेर ल्याएको बताउँछन् ।
उनी भन्छन्, ‘कच्चा पदार्थर तयारी वस्तुमा ग्याप राखेर नै कर लागिइएको छ । यसले सबै प्ररकारका उद्योगहरु संचालन हुने अवस्था रहेको छ ।’
नेपालमा करिब ३५ वटा दाल उद्योग सउञ्चालनमा छ । यस्ता उद्योगमा करिब ३५ अर्बको लगानी छ । यो उद्योगबाट प्रत्यक्ष र प्रत्यक्ष ५ हजार सर्वसाधारणले रोजगारी पाइरहेको छन् ।