नेप्सलाई प्राप्ति गरेको एनसीएचएलको एकीकृत कारोबार जेठ २१ गतेदेखि सुरु हुने

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई प्राप्ति गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को एकीकृत कारोबार जेठ २१ गतेदेखि सञ्चालन हुने भएको छ ।

प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै यी दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । दुवै कम्पनी बीच गत चैत २२ गते सम्पन्न भएको अन्तिम सम्झौता दुवै संस्थाको वैशाख १३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित भएको थियो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत जेठ २ गते र कम्पनीको रजिष्ट्रारको कार्यालयले जेठ १३ गते स्वीकृती दिइसकेको छ ।

प्राप्तिपश्चात अब ‘नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)’को नामबाट एकीकृत कारोबार सञ्चालन हुनेछ।

एनसीएचएल र नेप्सको चुक्तापुँजी क्रमश : १ अर्ब ६६ लाख र २१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–२८ कमलादीमा रहनेछ । एकीकृत कारोबार शुरु हुने भएकाले डाटा माईग्रेशन लगायतका कार्य गर्दा दुवै कम्पनीको कुनै पनि भुक्तानी सेवा अवरुद्ध नहुने सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवर्द्धन गरिरहेका दुबै कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स