काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख ४० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १९ सय रूपैयाँ कायम भएको छ ।