काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटबारे आफ्नो धारणा राखेका छन् । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका थिए ।
यस्तो छ अध्यक्ष ढकालको यस्तो छ प्रारम्भिक धारणा
नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार वर्ष घोषणा भएको छ ।
महासंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन एमआईसीई पर्यटन हिल स्टेसन विकास गर्ने विषय आएका छन् ।
सूचना प्रविधि र स्टार्ट अपमा केहि सहुलियत र विस्तारका योजना छन् ।
निजी क्षेत्र प्रवर्द्नन जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६ प्रतिशत को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।
बाँकी राजश्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्नेछ ।